(साउन २५, काठमाडौं) । बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा १ भदौंमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ ।
नायिका सञ्चिता लुँईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने फेसन शोमा एक दर्जनभन्दा बढी मोडलहरु रहने छन् ।

ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुन् लागेको शोमा चर्चित कलाकारको सांगितिक प्रस्तुति रहने साथै गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफी रहनेछ ।
उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ ।






