गाउँको विद्यालय आवासीय बनेपछि फर्किए विद्यार्थी

(साउन २५, मनाङ) । मनाङ सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका छन्  ।

गाउँपालिकाको आर्थिक सहयोगमा आवासीय विद्यालय बनेपछि गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीहरु गाउँ फर्केका हुन् ।

उक्त ठाउमा भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो ।

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उनको  भनाइ छ । विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा