(साउन २३, एजेंसी) । बलिउड नायीका करीना कपूर र मलाइका अरोडा ‘पिलाटिसु’ एक्सरसाइज गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
करीना कपूर खानको बेला बेलामा जिम बाहिर खिचिएका तस्विरहरु मिडियामा आइरहन्छन् तर यस पटक उनको जिम गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा करीना र मलाइका एकसाथ एक्सरसाइज गरिरहेका छन् । यो भिडियो करीनाकी जिम ट्रेनर नम्रता पुरोहितले इन्स्टाग्राममा पोष्ट गरेकी हुन् । जून एक्सरसाइजले मांसपेशीलाई बलियो बनाउनका साथै शरीरको लचकता र दिमागलाई शान्त राख्न मद्दत गर्छ ।
करीनाले करण जोहरको नयाँ फिल्ममा साइन गरिसकेकी छिन् । यस फिल्ममा करीनाका साथै रणविर सिंह र आलिया भट्ट पनि रहनेछन् ।
https://www.instagram.com/p/BmLM0Z_jcLw/?taken-by=namratapurohit






