करुणानिधिको अन्त्येष्टि विवाद : अदालतको फैसला पश्चातमात्र अन्त्येष्टि हुने

(साउन २३, एजेन्सी) । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेसँगै अदालतको फैसला पश्चातमात्र अन्तेष्टि हुने भएको छ ।

करुणानिधिको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो । करुणानिधिको पार्टी डिएमकेले शवलाई मरीना बीचमा समाधिस्थ गर्न माग गरेको छ र त्यसका लागि प्रदेश सरकारसँग जग्गा उपलब्ध गराइदिन भनेको छ । तर, एआईएडीएमके सरकारले त्यसको अनुमति नदिएपछि यो विवाद उच्च अदालतसम्म पुगेको हो । त्यस्तै एम करुणानिधिका समर्थकहरुले मरीना बीचमा अन्तिम संस्कार हुनुपर्ने र त्यहाँ स्मारक पनि बनाइनु पर्ने माग राख्दै मंगलबार साँझ नै अस्पताल बाहिर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।

करुणानिधिको परिवार र कांग्रेस आई अध्यक्ष राहुल गान्धीले पनि डिएमकेको मागमा समर्थन जनाएका छन् । मद्रास उच्च अदालतले बुधबार (आज) उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा