चीनद्वारा युद्ध विमानको परीक्षण : आवाजको गतिभन्दा पाँच गुणा बढी रफ्तारमा कुद्ने

(साउन २२, एजेन्सी) । चीनले पहिलोपटक आवाजको गतिभन्दा पाँच गुणा वढी रफ्तारमा कुद्ने शक्तिशालि अत्याधुनिक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेको छ ।

चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्स (सीएएए)का अनुसार ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित एक परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । यो विमान युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न यसलाई प्रयोग गरिन्छ ।

सीएएएले आइतबार वीच्याट अकाउन्टबाट विज्ञप्ति सार्वजनिक गर्दै त्यसको जानकारी दिएको थियो । सुपरसोनिक विमानलाई एक रकेटमार्फत लञ्च गरिएको थियो र स्वतन्त्ररुपले उड्दै पूर्वनिर्धारित क्षेत्रमा अवतरण गरेको थियो ।

यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा