चीनद्वारा युद्ध विमानको परीक्षण : आवाजको गतिभन्दा पाँच गुणा बढी रफ्तारमा कुद्ने

(साउन २२, एजेन्सी) । चीनले पहिलोपटक आवाजको गतिभन्दा पाँच गुणा वढी रफ्तारमा कुद्ने शक्तिशालि अत्याधुनिक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेको छ ।

चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्स (सीएएए)का अनुसार ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित एक परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । यो विमान युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न यसलाई प्रयोग गरिन्छ ।

सीएएएले आइतबार वीच्याट अकाउन्टबाट विज्ञप्ति सार्वजनिक गर्दै त्यसको जानकारी दिएको थियो । सुपरसोनिक विमानलाई एक रकेटमार्फत लञ्च गरिएको थियो र स्वतन्त्ररुपले उड्दै पूर्वनिर्धारित क्षेत्रमा अवतरण गरेको थियो ।

यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको