एलएलबी भर्नाका लागि कोटा प्रणाली लागू नहुने : प्रवेश परिक्षा दिएका सवैको भर्ना हुने

(साउन २१, काठमाडौं) । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा दिएका सम्पूर्णको भर्ना गरि कोटा प्रणाली लागू नगर्ने भएको छ ।

त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको हो ।

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. दिननाथ पराजुलीका अनुसार सबै क्याम्पसले बुधबारदेखि भदौ २५ गतेसम्म भर्ना गर्न पाउने भएका छन् । त्यस्तै नेपाल ल क्याम्पसमा भोलि देखि नै भर्ना कार्यक्रम शुरु हुने समेत क्याम्पस प्रमुख डा. पराजुलीले वताए । त्यस्तै प्रवेश परिक्षा नदिएकालाई भर्ना गर्न दिने कि नदिने भन्ने वारे अहिले केहि भन्न नसकिने जनाए । प्रवेश परिक्षा दिएका विद्यार्थीको भर्ना समाप्त भएपश्चात मात्र नयाँ विद्यार्थीलाई भर्ना दिने कि नदिने भन्ने निर्णय हुने समेत जानकारी दिए ।

डिनको कार्यालयले नेपाल ल क्याम्पसमा ८०० जना र अन्य उपत्यकाबाहिर नेपालगन्ज, विराटनगर, पोखरा, बुटवल, धरान, वीरगञ्ज र राजविराजस्थित त्रिविका आंगिक क्याम्पसमा १५० जनाको कोटा तोकेको थियो ।

कोटा प्रणालीको आधारमा करिव चार हजार ७०० विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । कोटा प्रणाली लागू गरेपछि विद्यार्थी संगठन आन्दोलित भएका थिए । कोटा प्रणालीको विरोध गर्दै स्वतन्त्र विद्यार्थी समूहले कानून संकाय डिनको कार्यालयमा प्रवेश गरी प्राध्यापकले परीक्षण गरिरहेको बेला गत असार २७ गते उत्तरपुस्तिका नियन्त्रणमा लिई च्यातेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव,

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन