(साउन १९, काठमाडौं) । विशारद बस्नेतको निर्देशनमा रहेको फिल्म ‘मिस्टर भर्जिन’ ट्रेलरको प्यारोडी प्रतियोगिता घोषणा गरेको छ ।
सहभागीहरुले ट्रेलरको प्यारोडीलाई [email protected] मा पठाउनु पर्नेछ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउनु पर्नेछ । इमेलमा प्राप्त प्यारोडीमध्ये उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

फिल्ममा दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी.काप्रीको सम्पादन रहेको छ ।
‘मिस्टर भर्जिन’ले देशभर सिटी टूर गर्दै कलाकार र सम्पूर्ण युनिट संग भेट घाट साथै अन्य सांकृतिक मनोरन्जनात्मक कार्यक्रम लिएर भीलीदेखि पोखराबाट सुरु गर्ने भएको छ ।







