(साउन १७, काठमाडौं) । सुदर्शन थापा निर्देशित फिल्म रामकहानी’को ट्रेलर रिलीज भएको छ ।
भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को ट्रेलरमा लभ स्टोरी मात्र समावेश छैन । सुदर्शनले पूजालाई यसपटक ‘भूत’को अवतारमा प्रस्तुत गरेका छन् । राम र मायाको कथा, ४ हाँस्य कलाकारको कमेडी र भूतको कथाले ट्रेलरलाई आकर्षक बनाएको छ ।
फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईको मुख्य भूमिका छ । उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहेको छ ।
भिडियो






