एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग पराजित

(साउन १६, काठमाडौं) । नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १८९ रन जोड्दा अलआउट भएको थियो । नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ रन जोडे । यस्तै कप्तान पार खड्का १२ रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि छुन सकेनन् ।

बलिङतर्फ पारस खड्काले ४ विकेट हात पारे । यस्दै सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १(१ विकेट लिए । नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए ।

दोस्रो खेल शुक्रवार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई