(साउन १६, बिबिसी)। मेक्सिकोको दुरंगो शहरमा विमानविमान उडेको पाँच मिनेटपछि नै दुर्घटना भएको छ ।
राज्यका गभर्नरले घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिएका छन् । दुरंगोका गर्भनर होसे एसइपुरोले ट्वीट गर्दै चार चालक दलसहित ९७ यात्रु सवार उक्त विमान दुर्घटनामा ८५ जना घाइते भएको जसमध्ये दुईको अवस्था चिन्ताजनक भएको जानकारी दिएका छन् ।
एरोमेक्सिको फ्लाइट एएम२४३१ ले ग्वाडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडान भरेको थियो ।स्थानीय मिडियाको रिपोर्ट अनुसार दुर्घटना भएको र यात्रीहरु हाइवे नजिकै मद्दत मागिरहेको देखिए ।
एयरपोर्ट अपरेटर ग्रुपो एरोपुर्तुवारियो सेन्ट्रो नोर्टेले सुरुवाती अनुसन्धानपछि दुर्घटना खराब मौसमका कारण भएको जानकारी दिएका छन् ।






