(साउन १६ , काठमाडौँ) । यहि साउन १८ गते अर्थात शुक्रवारबाट प्रर्दशन हुन लागेको चलचित्र ‘झमक बहादुरुले universal सर्टिफ़िकेट प्राप्त गरेको छ ।
फिल्ममा अपहरण र सुन तस्करीको कथा उठाएका कारण केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको सेन्सर रोकेको थियो । कुनै पनि दृश्य नकाटिएपनि केहि ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले ‘म्यूटु’ गर्न निर्देशन दिएको छ । फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको भन्दै निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङले खुसी व्यक्त गरेका छन ।

अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह(निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो फिल्म खिचेका हुन् ।
उक्त फिल्म हेर्न जादा १६ वर्ष उमेर मुनीकाले आफ्नु अभिभावक लिएर जानु पर्ने छ ।






