इरानसँग जुनसुकै बेला वार्ता गर्न तयार : राष्ट्रपति ट्रम्प

(साउन १५, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष ट्रम्पले विना शर्त जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएका छन् ।

 ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए । सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

‘म इरानका जुनसुकै नेतासँग भेट गर्न तयार छु । म वार्तामा विश्वास गर्छु,’ ह्वाइट हाउसमा समाचारदाताहरुलाई ट्रम्पले भने । वार्ताका लागि ट्रम्पले गरेको आग्रह सकारात्मक भएको प्रतिक्रिया इरानले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।