लाइभ च्याटमा अश्लील कुरा गरे ट्विटर अकाउन्ट ब्लक

(साउन १४, एजेंसी) ।  माइक्रो ब्लगिङ साइट ट्विटरले लाइभ च्याटमा अश्लील कुरा गरे ट्विटर अकाउन्ट गर्ने भएको छ ।

ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको प्रयोग गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट ब्लक गरिदिन सक्दछ । लगातार अभद्र भाषाको प्रयोग गर्ने व्यक्तिहरुको अकाउन्टको जाँच गरेर कारवाही गरिने ट्विटरले जनाएको छ ।

 लाइभ च्याटका क्रममा कुनै प्रयोगकर्ताले अश्लील भाषामा कमेन्ट गरेको पाइएमा पेरिस्कोपले त्यस्ता टिप्पणीहरुका विषयमा रिभ्यू गर्नका लागि अन्य प्रयोगकर्तालाई पठाउनेछ । त्यस्ता टिप्पणीहरु लगातार गरेको पाइएमा अकाउन्ट ब्लक गरिनेछ ।

ट्विटरले आफ्ना प्रयोगकर्तालाई अपिल गर्दै अश्लील लाइभ कमेन्ट गरेको पाइएमा रिपोर्ट गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको