लाइभ च्याटमा अश्लील कुरा गरे ट्विटर अकाउन्ट ब्लक

(साउन १४, एजेंसी) ।  माइक्रो ब्लगिङ साइट ट्विटरले लाइभ च्याटमा अश्लील कुरा गरे ट्विटर अकाउन्ट गर्ने भएको छ ।

ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको प्रयोग गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट ब्लक गरिदिन सक्दछ । लगातार अभद्र भाषाको प्रयोग गर्ने व्यक्तिहरुको अकाउन्टको जाँच गरेर कारवाही गरिने ट्विटरले जनाएको छ ।

 लाइभ च्याटका क्रममा कुनै प्रयोगकर्ताले अश्लील भाषामा कमेन्ट गरेको पाइएमा पेरिस्कोपले त्यस्ता टिप्पणीहरुका विषयमा रिभ्यू गर्नका लागि अन्य प्रयोगकर्तालाई पठाउनेछ । त्यस्ता टिप्पणीहरु लगातार गरेको पाइएमा अकाउन्ट ब्लक गरिनेछ ।

ट्विटरले आफ्ना प्रयोगकर्तालाई अपिल गर्दै अश्लील लाइभ कमेन्ट गरेको पाइएमा रिपोर्ट गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको