नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको संयुक्त विजेता

(साउन   १४,  काठमाडौं) ।  नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका छन् ।

लर्डसमा आइतबारराति भएका खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए । तर नेपाल र नेदरल्याण्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

नेदरल्याण्ड्सले १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन।

नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको