अनलाईन मिडियालाई २–१ गोल गर्दै महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

(साउन १२, ललितपुर) । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगितामा अनलाईन मिडियालाई २–१ गोल गर्दै प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।

‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा भएको प्रतियोगितामा विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले १–१ गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र १ गोल गरेकी थिइन् । समयका अभावका कारण खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरे । त्यस्तै खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्माण थालिने बताए । मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्साहनस्वरुप रु १० हजार महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरे । विजेता तथा उपविजेता टोलीलाई ट्रफी प्रदान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको