(साउन १२, एजेन्सी) । चीनको बेइजिङ सहरमा ३ हजार वर्ग मिटरमा बनेको चाओयाङ थिएटर (सूर्यतर्फ फर्किएको) रहेको छ ।
यो थिएटरमा चिनियाँ कलाकारहरुले सर्कसको कला प्रस्तुत गर्दछन् । जसमा पारम्परिक सिंह नाच, आगोको स्टन्ट, मोटरसाइकल र साइकलको स्टन्टदेखि विभिन्न विधाका रोचक एक्रोब्याटिक आदि हेर्न पाइन्छ ।
बेइजिङ भ्रमणमा जाँदा धेरैले छुटाउन नहुने ठाउँमा यो थिएटरलाई पनि राखिन्छ ।






