फिल्म ‘हिम्मतवाली’को हिरो मानव तस्करीका नाइके

(साउन १२, काठमाडौँ) । फिल्म ‘हिम्मतवाली’को अभिनेता सुदर्शन गौतम नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

क्यानाडा निवासी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई नेपाल झिकाउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई समेत पत्राचार गरिसकेको छ ।

तीन युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी पुर्‍याएर उनले अलपत्र बनाएको र त्यसमध्ये एक युवतीको समुन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँबाट उद्दार भएर नेपाल फर्किएकी एक युवतीको उजुरीका आधारमा प्रहरीले गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सुदर्शन रामेछापमा जन्मिएका क्यानाडाका नागरिक हुन् । उनले क्यानडाकै नागरिकको हैसियतले सगरमाथा आरोहण गरेका थिए । दुवै हात नभए पनि सगरमाथा आरोहण गरेको विश्वकीर्तिमान उनको नाममा छ ।

१३ वर्षको हुँदा ०५१ मा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरेका उनी गाडी पनि खुट्टैले चलाउँछन् ।

क्यानाडा सरकारले ‘मोटिभेसनल गेस्ट स्पिकर’ को रूपमा त्यहाँको संस्थामा बोल्न बोलाएपछि श्रीमती अम्बिका हमालसहित उनी सन् २००५ मा क्यानाडा गएका थिए । क्यानाडामा उनको रेस्टुरेन्ट व्यवसाय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्