ग्रिसमा भीषण आगलागी, २० को ज्यान गयो : सहयोगका लागि अपिल

(साउन ८, एजेन्सी) । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । आगो नियन्त्रण लिने प्रयास विफल भएपछि अन्तराष्ट्रिय सहयोगका लागि अपिल गरिएको छ ।

बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन सकेको छैन ।

ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोसले मंगलबार बिहान मृतकको संख्या २० र १०४ जनाभन्दा बढी घाइते भएकोमा ११ जनाको अवस्था गम्भीर रहेको डिमिथिसले जनाएका छन् ।

बोस्नियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि सबैखाले प्रयासहरु गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि