ग्रिसमा भीषण आगलागी, २० को ज्यान गयो : सहयोगका लागि अपिल

(साउन ८, एजेन्सी) । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । आगो नियन्त्रण लिने प्रयास विफल भएपछि अन्तराष्ट्रिय सहयोगका लागि अपिल गरिएको छ ।

बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन सकेको छैन ।

ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोसले मंगलबार बिहान मृतकको संख्या २० र १०४ जनाभन्दा बढी घाइते भएकोमा ११ जनाको अवस्था गम्भीर रहेको डिमिथिसले जनाएका छन् ।

बोस्नियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि सबैखाले प्रयासहरु गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको