पाकिस्तानमा उम्मेद्वारको हत्या, दुई घाइते : मतदाता त्रासमा

(साउन ७, एजेन्सी) । पाकिस्तानमा आत्मघाती हमलामा परी एक उम्मेदवारको हत्या भएकको छ भने दुई जना घाइते भएका छन् ।

मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएको हमलाले आम सर्वसाधरणमा मतदान गर्न जान नै त्रास उत्पन्न भएको छ भने निर्वाचनपूर्व सुरक्षा सतर्कता उच्च बनाइएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि जिल्ला प्रशासनले बेवास्ता गरेको भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

पाकिस्तानमा हुने हरेक निर्वाचनमा उम्मेद्वारको हत्या हुने भएपनि सुरक्षा रणनीति नहुनु दुःखद पक्ष भएको भन्दै सरकारको आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि