पाकिस्तानमा उम्मेद्वारको हत्या, दुई घाइते : मतदाता त्रासमा

(साउन ७, एजेन्सी) । पाकिस्तानमा आत्मघाती हमलामा परी एक उम्मेदवारको हत्या भएकको छ भने दुई जना घाइते भएका छन् ।

मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएको हमलाले आम सर्वसाधरणमा मतदान गर्न जान नै त्रास उत्पन्न भएको छ भने निर्वाचनपूर्व सुरक्षा सतर्कता उच्च बनाइएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि जिल्ला प्रशासनले बेवास्ता गरेको भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

पाकिस्तानमा हुने हरेक निर्वाचनमा उम्मेद्वारको हत्या हुने भएपनि सुरक्षा रणनीति नहुनु दुःखद पक्ष भएको भन्दै सरकारको आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको