(साउन ३, काठमाडौँ) । सुष्मा कोइराला मेमेरियल नर्सिङ कलेजमा पीसीएल तेस्रो वर्षमा अध्ययनरत छात्राहरुको लागि आज रेडक्रसको केन्द्रीय कार्यालयमा रेडक्रससम्बन्धी अभिमुखीरण सम्पन्न भएको छ ।

३९ छात्रा र तीन जना शिक्षिका सहित ४२ जनाको सहभागिता रहेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको शुरुवात, रेडक्रस अभियानका अंगहरु, नेपाल रेडक्रस र यसका बिभिन्न सेवा तथा विकासमूलक गतिविधिहरुका बारेमा जानकारी गराइनुका साथै डकुमेण्ट्री पनि देखाइएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सञ्चार विभागका चन्द्रकला खड्का र नरेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए ।





