(साउन २, काठमाडौँ) आजको सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
बुधबार सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने प्रतितोला पाँच रुपैयाँले घटेको र ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।




