फोर्ब्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने

(साउन १, चितवन) । चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोर्ब्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

कलेज परिसरमा आज पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न २० वटा कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत यहि साउन ५ गते साइबर सेक्युुरिटी, साउन ११ गते गुरुपूर्णिमाको दिन चितवन र नवलपरासीका विभिन्न कलेज तथा स्कुलका प्राचार्यहरुलाई सम्मान, साउन १५ गते होटलका सेफ तथा म्यानेजरहरुलाई सम्मान लगायतका विशेष कार्यक्रम रहेको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल दिपक गौतमले बताए ।

यस्तै हस्पिटालिटी म्यानेजमेन्ट अन्तर्गतका विद्यार्थीहरुको क्षमता वृद्धिसगैँ विभिन्न खानाका परिकारहरुलाई स्थापित गराउन फुड फेष्टिवल कलेज परिसरमा नै गरिने समेत गौतमले बताए ।

विगत एक बर्ष देखि संचालनमा रहेको यस फोब्र्स कलेजले १२ कक्षा उत्तिर्ण विद्यार्थीहरुको लागि ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट बि.एच.एम, ब्याचलर इन कम्प्युटर साईन्स नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युुरिटी तथा ज्ञानसुधा टेक्निकल कलेजसंग सहकार्य गर्दै सिप मुलक शिक्षा प्रदान गर्दै आएको छ, भने कक्षा १० पास विद्यार्थीको लागि सीपमुलक शिक्षा दिने उद्देश्यले शतप्रतिशत जागिरको अवसर सहित डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आर्ट्स लेबल ३ र ४ का कक्षाहरु पनि संचालन गरिरहेको कलेजका प्रिन्सिपल दिपक गौतमले बताए ।

कलेजले हालसम्म ६० भन्दा बढी विद्यार्थीहरुलाई विदेशका विभिन्न पाँचतारे होटलमा इण्टर्नसिप गराईरहेको छ । यस्तै सिपपछि रोजगारीको समेत सूनिश्चित गरेको कलेजको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा