नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

(साउन १, नेपालगञ्ज) । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४(७५ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४(७५ का लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । लक्ष्यको ११७ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो । लक्ष्य भन्दा करिब दुई अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको छ ।

भन्सार चोरी पैठारीमा कडाईका साथ नियन्त्रण, जाँचपास, मुल्यांकन तथा यात्रुहरुले ल्याउने सामानमा कडाई गरिएपछि भन्सारको राजश्व संकलनमा बृद्धि भएको हो।

नेपालगन्ज भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, खाद्यान्नलगायत बढी भन्सार महसुल संकलन हुने सामग्रीहरु भित्रिने गरेका छन् । अन्य भन्सार कार्यालयहरुमा जस्तै नेपालगञ्ज भन्सारबाट पनि सामान निर्यात भने न्यून मात्रामा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । पोखरामा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले