नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

(साउन १, नेपालगञ्ज) । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४(७५ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४(७५ का लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । लक्ष्यको ११७ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो । लक्ष्य भन्दा करिब दुई अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको छ ।

भन्सार चोरी पैठारीमा कडाईका साथ नियन्त्रण, जाँचपास, मुल्यांकन तथा यात्रुहरुले ल्याउने सामानमा कडाई गरिएपछि भन्सारको राजश्व संकलनमा बृद्धि भएको हो।

नेपालगन्ज भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, खाद्यान्नलगायत बढी भन्सार महसुल संकलन हुने सामग्रीहरु भित्रिने गरेका छन् । अन्य भन्सार कार्यालयहरुमा जस्तै नेपालगञ्ज भन्सारबाट पनि सामान निर्यात भने न्यून मात्रामा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई