टेलिकमको मनसुन अफर

 (असार ३१, काठमाडौं) । नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुने गरी मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको हो ।

नेपाल सरकारले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत  र डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने व्यवस्था गरेको छ ।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम, अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराउने जनाएको हो ।

कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको