इजरायलद्वारा हमासविरुद्ध दर्जनौं स्थानमा आक्रमण

(असार ३१, एजेन्सी) । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध हमासका दर्जनौं स्थानमा चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ ।

सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ । गाजा शहरमा भएको हवाइ हमलामा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट लाहियाको बटालियनको एक मुख्यालय, उत्तरी गाजाको एक ठूलो भवनमा रहेको तालिम केन्द्र, हतियार भण्डारण र रकेट लन्चरलाई निशाना बनाइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कारवाही अझै जारी रहने बताएका छन् । गाजाको एक खालि भवन इजरायलको हवाई हमलाको निशानामा परि छेउँमा हिँडिरहेकाहरु आक्रमणको चपेटामा परेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि