(असार ३१, एजेन्सी) । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध हमासका दर्जनौं स्थानमा चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ ।
सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ । गाजा शहरमा भएको हवाइ हमलामा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।
इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट लाहियाको बटालियनको एक मुख्यालय, उत्तरी गाजाको एक ठूलो भवनमा रहेको तालिम केन्द्र, हतियार भण्डारण र रकेट लन्चरलाई निशाना बनाइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कारवाही अझै जारी रहने बताएका छन् । गाजाको एक खालि भवन इजरायलको हवाई हमलाको निशानामा परि छेउँमा हिँडिरहेकाहरु आक्रमणको चपेटामा परेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।






