(असार ३०, एजेन्सी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवराज शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो ९एनएबी० ले पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पूर्वप्रधानमन्त्री शरिफ बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए ।
बीबीसीका अनुसार शरिफ र छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।





