आजबाट देशभर “बोबी” सहित ३ फिल्म रिलीज कसले मार्ला बाजी ?

 (असार २९, काठमाडौँ) । असार २९ गते शुक्रबार आजबाट देशभर ‘बोबी’ सहित ३ फिल्म  ‘बिरंगना’ र ‘बाबु कान्छा’  रिलीज हुदैछ।

फिल्म ‘BOBBY’

मिलन चाम्सद्वारा निर्माण तथा  निर्देशित चलचित्र “बोबी” वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् ।  चलचित्र “बोबी” लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ ।

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा कविता गुरुङ , उमेश थापा, विजय लामा, रुवी राणा शाह लगायत कलाकारहरुको अभिनय रहेको  छ ।

फिल्म ‘बिरंगना’

राज बहादुर सानेले निर्देशन गरेको फिल्म ‘बिरंगना’ एक्सन जनरामा बनेको चलचित्र रहेको छ  । फिल्ममा शिल्पा पोखरेल, अनुप बिक्रम शाही, पृथ्वीराज प्रसाई आदिको भूमिका रहेको छ । “बिरंगना”मा सस्त्र प्रहरीको कथा पस्कने जमर्को गरिएका छ ।

फिल्म ‘बाबु कान्छा’

 शोभित बस्नेतद्वारा निर्माण तथा  निर्देशीत फिल्म ‘बाबु कान्छा’मा  कमेडी र माया प्रेम देखाउन खोजिएको छ । फिल्ममा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको  अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्