Bobby को ग्राण्ड प्रिमियर शो : सवैको आखाँमा आँशु थामिएन (फोटो फिचर)

(असार २८, काठमाडौं) । वास्तविक जीवन शैलिमा निमार्ण गरीएको वोवी चलचित्रको प्रिमियर शो नेपालमा प्रदर्शन हुँदा अधिकाशं दर्शकको आँखामा आँशु थामिएन ।

कारण नायक उमेश थापाल र नायीका कविता गुरुङले आफ्नो जीवनमा भोगेका वास्तविक घटनालाई चलचित्रको माध्यमबाट छर्लङ्ग वनाइएको छ । जीवन एउटा संघर्ष हो जसवाट कोही मानिस आत्तीनु पनि हुँदैन र मात्तीनु पनि हुँदैन भन्ने कुरालाई कथाले उजागर गरेको छ । विश्वमा धनी र गरिव विचको जुन खाडल छ त्यसले मानिसमा कस्तो प्रभाव पारेको हुन्छ ? जसले प्रत्यक्ष जीवन जिउनमा कस्तो भुमिका खेल्नुपर्ने वाध्यता हुन्छ ? जसवाट मानव जीवनमा आई पर्ने दुःख सुखको जिन्दगीलाई सन्देशमुलक रुपमा उजागर गरिएको छ ।

गरिवी र अध्ययन संगसँगै लाने क्रममा नायक थापाले आफ्नो जन्मभुमी त्यागी वैदेशिक जीवनको भोगाई त्यसमा आफ्नो परिवार जसमा पनि विवाहको छोटै समयमा आफ्नो श्रीमतिसँग सँगसँगै रहन नपाई वाध्यतामा भौतिक शरिरलाई टाढा वनाउँदा र घरमा रहेकी आफुले जीवनको सवैभन्दा मायाँ गरेको श्रीमती जसलाई मायाँमा जहिलेपनि सँगै आफ्नो ढुकढुकीमा रहि विताइएको कहाली लाग्दो संघर्ष चलचित्रमा उजागर गरिएको छ ।

धनी र गरिव विचमा भएको खाडलको प्रष्ट रुपमा उजागर भएको छ, जसमा नायीकाले गरिव परिवारमा विवाह गर्दा भोगेका समस्या तथा अन्र्तजातीय विवाहका कारण भईपरि आउने समस्याका वारेमा उल्लेख गरिएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

चलचित्रमा पारिवारीक मायाँमा परेका कलाकार तथा क्याप्टेन विजय लामाले आफ्नो तन, मन, धन परिवारिक मायाँ र मोहको निम्ती जस्तोसुकै त्याग र तपस्या गर्न पछि नपर्ने, सन्देश तथा व्यवहारिक कुराहरुको वारेमा आफ्नो प्रस्तुति दिएका छन् ।

चाम्सद्वारा निर्देशित चलचित्र “बोबी”मा वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् । वास्तविक प्रेम कथामा बनेको चलचित्र “बोबी” लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ ।

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र नेपालभर असार २९ गते प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा