पाकिस्तानमा आत्मघाती हमला : एक नेतासहित १३ को मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानमा आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु

(असार २७, काठमाडौं) । पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी ९एएनपी०का नेता हारुन बिलोरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ । यसअघि जुलाई महिनाको सुरुआतमा खैबर पख्तुनख्वा प्रान्तको तख्तीखेलमा भएको आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र