(असार २७, काठमाडौं) । पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी ९एएनपी०का नेता हारुन बिलोरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ । यसअघि जुलाई महिनाको सुरुआतमा खैबर पख्तुनख्वा प्रान्तको तख्तीखेलमा भएको आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए ।





