चलचित्र ‘बोबी’ले पायो universal सर्टिफिकेट

 (असार २६, काठमाडौँ) ।  यहि असार २९ गते प्रर्दशन हुन लागेको चलचित्र “बोबी”ले universal सर्टिफ़िकेट प्राप्त गरेको छ।

चलचित्रलाई सेन्सर वोर्डवाट हटाउनु पर्ने अंश नरहेको भन्दै universal सर्टिफ़िकेट दिएको छ । सो सर्टिफ़िकेट लिदै फिल्मका निर्देशक  मिलन चाम्सले मुक्तकण्ठले गरिएको प्रसंशाप्रति हार्दिक आभार व्यक्त गर्दै माया सहितको मिठो प्रतिक्रिया वाट अत्यन्तै उत्साहित एवं आशावादी रहेको बताएका छन् ।

चाम्सद्वारा निर्देशित चलचित्र “बोबी”मा वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् । वास्तविक प्रेम कथामा बनेको चलचित्र “बोबी” लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ ।

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका  कलाकारहरुको अभिनय रहेको  छ ।

BOBBY टिमले देशव्यापी रुपमा ‘नेपाल टुर’ नामक कन्सर्ट असार १८ गते  देखि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा