स्व. सविन शाक्यको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कारको घोषणा

 (असार २५,  काठमाडौं) । स्व. सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले ‘सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार’ घोषणा  गर्ने भएको छ ।

३० बर्ष भन्दा बढी बिभिन्न सञ्चारमाध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए । गत बर्षको असार २३ गते शाक्यको निधन भएको थियो ।

फिल्मीखवर साप्ताहिकका सम्पादक शान्तिप्रियका अनुसार शाक्यको निधन भएको बाषिर्की तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको हो । साथै उनले भने, सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक वर्ष फिल्मीखवरको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राशि १०,०००।– (रुपैयाँ दश हजार मात्र) सहित प्रमाणपत्र प्रदान गरिने साथै हरेक वर्ष रङ्ग पत्रकारितामा संलग्न एक पत्रकारहरूलाई यो पुरस्कार प्रदान गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल