गायक पन्चकोटीको ‘कोमल तिम्रो’ गीत सार्वजनिक (भिडियो सहित)

(असार २४, स्कटल्याण्ड) । गायक तथा संगीतकार नभकृश पन्चकोटीको एल्बम ‘महकू ९२०१८०’को चर्चित गीत कोमल तिम्रो बोलको    म्युजिक भिडियो सार्बजनिक भएको  छ ।

स्कटल्याण्डमा छायांकन गरिएको  गीतमा  संगीत हरि लम्सालको  रहेको  छ  भने एरेञ्ज महाराज थापाको रहेको छ । म्युजिक भिडियोमा  स्कटल्याण्डको मनोरम दृश्यमा कलाकारहरु लियो ट्यांक र पुजा  पन्चकोटीको रोमान्स देखन सकिन्छ ।

कोरियोग्राफीमा निकै अब्बल मोहन कार्कीले यस म्युजिक भिडियोमा कोरियोग्राफी गरेका छन् । नृत्य विधामा दुई दशक भन्दा बढी अनुभवी   कार्कीले  नेपालमा रहँदा नायक दिलिप रायमाझीसंग नृत्यaमा लामो सहकार्य गरेका थिए ।  रो प्रोडक्सन युकेले निर्माण गरेको उक्त म्युजिक भिडियो को निर्देशन दिपेश रेग्मीको रहेको छ । रो प्रोडक्सन युकेले हालै निर्माण गरेको  भारतीय गायिका संजीवनी र नारायण धितालको म्युजिक भिडियो ‘अंगालोमा बाँधी ‘ नेपाली टिभी हरु  र सामाजिक संजालहरुमा निकै चर्चित रहेको छ ।

२०४३ सालमा रेडियो नेपालमा स्वर परिक्षण  गरेर गायन क्षेत्रमा   साधनारत  गायक नभकृश पन्चकोटीको  १९९८ मा ‘फलिंग इन लभ’। २००६ मा ‘क्रियशन’ , २००९ मा ‘म ‘ गीती  एल्बम निस्किसकेको छ भने २०१८ मा ‘महक’  गीती  एल्बम निस्कने तयारीमा रहेको छ।  २०४५ मा म्युजिक नेपालमा रेकर्ड गरिएको गायक पन्चकोटीको मायालु ए  मेरी मायालु गीत शब्द सुशील देवकोटा , संगीत सुशील बिश्वकर्मा  निकै नै चर्चित रहेको थियो।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित