नेप्से परिसुचक र कारोवार बृद्धि : लगानीकर्ता उत्साहित

(असार २३, काठमाडौं) । यस साता शेयर बजारमा कारोवार रकमसंगै नेप्से परिसूचक दुवैको बृद्धि उत्साहजनक रहेको शेयर विश्लेषकहरुले जनाएका छन ।

साता नेप्सेपरिसूचक साताको पहिलो दिनको तुलनामा अन्तिम दिन ३९.८८ अंकले बढेर १ हजार २ सय २४ दशमलव ४१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस साता १८४ कम्पनीको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । अघिल्लो साताको तुलनामा कारोवार रकम २८.३९ प्रतिशत बढेको छ ।

अघिल्लो साता १८६ कम्पनीका एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँको कारोवार भएको थियो। यस साता मार्जिन ऋणमा केन्द्रीय बैंकले ५० प्रतिशत सम्मको सीमालाई बढाएर ६० देखि ६५ प्रतिशतसम्म पुर्याउने खवर सार्वजनिक भएसँगै बजारमा सुधार देखिएको हो ।

उत्पादनमुलक ९.१७ अंकले घटेको छ छ । यस साता कारोवार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको नेप्सेले जनाएको छ । यसैगरी कारोवार भएको शेयर संख्याको आधारमा प्राइम कमर्सियल बैंक र कारोबार संख्याको आधारमा नेसनल लाइफ इन्सोरेन्स अग्रस्थानमा रहेका छन ।

यस साता सूचिकरणतर्फ ६ कम्पनीका बोनस सेयर यस साता सूचिकृत भएका छन् । जसमा ओम डेभलपमेन्ट बैंक, सूर्योदय लघुवित्त, देव विकास बैंक, मञ्जुश्री फारुइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र आरएमडीसी लघुवित्तका बोनस शेयर सूचिकृत भएका हुन्। सूचिकृत शेयर आगामी सातादेखि कारोवारमा आउने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । अज गोरखा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा

काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५