(असार २३, काठमाडौं) । यस साता शेयर बजारमा कारोवार रकमसंगै नेप्से परिसूचक दुवैको बृद्धि उत्साहजनक रहेको शेयर विश्लेषकहरुले जनाएका छन ।
साता नेप्सेपरिसूचक साताको पहिलो दिनको तुलनामा अन्तिम दिन ३९.८८ अंकले बढेर १ हजार २ सय २४ दशमलव ४१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस साता १८४ कम्पनीको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । अघिल्लो साताको तुलनामा कारोवार रकम २८.३९ प्रतिशत बढेको छ ।
अघिल्लो साता १८६ कम्पनीका एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँको कारोवार भएको थियो। यस साता मार्जिन ऋणमा केन्द्रीय बैंकले ५० प्रतिशत सम्मको सीमालाई बढाएर ६० देखि ६५ प्रतिशतसम्म पुर्याउने खवर सार्वजनिक भएसँगै बजारमा सुधार देखिएको हो ।
उत्पादनमुलक ९.१७ अंकले घटेको छ छ । यस साता कारोवार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको नेप्सेले जनाएको छ । यसैगरी कारोवार भएको शेयर संख्याको आधारमा प्राइम कमर्सियल बैंक र कारोबार संख्याको आधारमा नेसनल लाइफ इन्सोरेन्स अग्रस्थानमा रहेका छन ।
यस साता सूचिकरणतर्फ ६ कम्पनीका बोनस सेयर यस साता सूचिकृत भएका छन् । जसमा ओम डेभलपमेन्ट बैंक, सूर्योदय लघुवित्त, देव विकास बैंक, मञ्जुश्री फारुइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र आरएमडीसी लघुवित्तका बोनस शेयर सूचिकृत भएका हुन्। सूचिकृत शेयर आगामी सातादेखि कारोवारमा आउने नेप्सेले जनाएको छ ।






