विद्रोही नेतासँगको वार्ता उपलब्धिमूलक : राष्ट्रसंघ

(असार २०, एजेन्सी) । यमनको विद्रोही समूहका प्रमुख नेता अब्दुल्ल मालिक अल हुथीसँगको वार्ता उपलब्धिमूलक भएको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् ।

विद्रोहीहरूको नियन्त्रणमा रहेको ठाउँमा दुई दिनसम्म विद्रोहीका प्रमुख नेतासँग भएको वार्ताका बारेमा यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टीन ग्रिफिथले बुधबार जानकारी दिए । साना विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने “म एकदमै उत्साही छु, सकारात्मक र आशावादी पनि भएको छु, अब अवश्य पनि परिस्थितिले नयाँ मोड लिनेछ ।”

राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले बिहीबार राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफुले यमनमा गरेको पछिल्लो भेट वार्ताका बारेमा बताउने पनि पत्रकारहरूलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष