(असार २०, एजेन्सी) । यमनको विद्रोही समूहका प्रमुख नेता अब्दुल्ल मालिक अल हुथीसँगको वार्ता उपलब्धिमूलक भएको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् ।
विद्रोहीहरूको नियन्त्रणमा रहेको ठाउँमा दुई दिनसम्म विद्रोहीका प्रमुख नेतासँग भएको वार्ताका बारेमा यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टीन ग्रिफिथले बुधबार जानकारी दिए । साना विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने “म एकदमै उत्साही छु, सकारात्मक र आशावादी पनि भएको छु, अब अवश्य पनि परिस्थितिले नयाँ मोड लिनेछ ।”
राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले बिहीबार राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफुले यमनमा गरेको पछिल्लो भेट वार्ताका बारेमा बताउने पनि पत्रकारहरूलाई जानकारी दिए ।





