(असार १८, काठमाडौं) । राष्ट्रिय वाणिज्य बैंकले छैटौं तहको सहायक निर्देशक (प्रशासन सेवा र समूह) पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
२०७५ असार १० देखि १६ गतेसम्म भएको प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्तामा सहभागी भएकाहरुको नतिजा सार्वजनिक गरेको हो । जसमा खुला तर्फ ४७, महिला १३, आदिवासी जनजाति ११, दलित ३ र मधेसी ८ जना, पिछडिएको क्षेत्रबाट २ जना र अपांग १ जनाको नाम प्रकाशित गरेको छ ।






