घट्यो शेयर बजार : कारोवार गर्नेलार्ई जोखिम

(असार ११, काठमाडौं) । धेरै लामो समयदेखि अधिकाशं समय कारोवार ओरालो लाग्ने शेयरवजार आज पनि बजार करीब १० अंकले घटेसंगै कारोबार गर्नेलाई जोखिम बढ्दै गएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ ।

आज दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२६ बिन्दु र उत्पादन समूहको शेयर १.८६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८.११, विकास बैंक १०.२९, जलविद्युत् १७.१२, फाइनान्स ०.९४, बीमा ७९.७६, अन्य ३.१ र माइक्रोफाइनान्स १३.७५ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको