भारतद्वारा मालदिभ्समाथि अघोषित नाकाबन्दी : ५० प्रतिशत भन्दा वढी कटौती

(असार ११, एजेन्सी) । आफ्नो स्वार्थ पुरा हुन नपाउँदा विभिन्न वहानामा नाकावनदी गर्दे दुःख दिने प्रयास स्वरुप पहिले नेपालमाथि नाकाबन्दी लगाएको थियो भने अहिले भारतले मालदिभ्समाथि पनि अघोषीत नाकाबन्दी लगउँदै ५० प्रतिशत भन्दा कम मात्र सामान निर्यात गर्ने गरेको छ ।

पछिल्लो समय भारतीय स्वार्थको मारमा मालदिभ्स रहेकको छ । आफ्नो स्वार्थपूर्तीका लागि छिमेकी देशहरु माथि नाकाबन्दी लगाउँदै कुटनीतिक टकराबसँगै मालदिभ्समाथि अघोषित नाकाबन्दी सुरु गरेको हो । केही दिनयता भारतले मालदिभ्समाथि गर्दै आएको अत्यावश्यक सामाग्रीको आपूर्तीमा रोक लगाएको हो ।

भारतको विदेश व्यापार महानिर्देशनालयले अत्यावश्यक खाद्य सामाग्रीहरु चामल, आलु, प्याज तथा दालहरुको आपूर्तीमा आधा तथा त्यो भन्दा बढी परिणाममा रोक लगाएको छ ।

पछिल्लो समय माल्दिभ्स बेइजिङको नजिक गएसँगै परम्परागत सम्बन्ध भएका भारत र मालदिभ्सबीच सम्बन्ध चिसिँदै गएको छ । भारतले प्रस्ताव गरेको संयुक्त नेभल एक्सर्साइज ‘मिलान’लाई अस्वीकार गरेसँगै भारत चिडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका