पोखरा महानगरको बजेट : १२ वटा गौरवका योजना, फेवाताललाई उच्च प्राथमिकता

(असार १०, पोखरा) । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै १२ वटा गौरवका योजनाका साथमा फेवाताल संरक्षणलाई उच्च प्राथमिकता दिदै प्रस्तुत गरेको छ ।

नगर प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको बजेटमा ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र १ अर्ब ६९ करोढ ९० लाख ३० हजार आन्तरिक आय अनुमान गरिएको छ ।

त्यसैगरी व्ययतर्फ विभिन्न कोषहरूका लागि जम्मा २१ करोड रूपैयाँ, पूर्वाधार विकासमा २ अर्ब २३ करोड ७९ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख विनियोजन गरिएको छ । त्यस्तै पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख रूपैयाँ, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको छ । राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

पर्यटकीय बसपार्क निर्माण, तालचोक-खुदीको मुहानसम्म चार लेन सडक, सात स्थानमा आधुनिक कृषि पकेट क्षेत्र निर्माण, महानगरपालिका भवन निर्माण, ३० वटा कनेक्टिङ सिटी सडक, फिर्के करिडोर चक्रपथको गुरूयोजना र सिसी टिभी जडान कार्यक्रमलाई पनि महानगरको गौरवको योजनामा उल्लेख गरिएको छ । बजेटमा फेवा तथा बेगनासलगायतको ताल संरक्षण, फेवाताल ढल डाइभर्सन, फेवा(बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण, किमी सडक कोर सिटीमा स्तरोन्नति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका