राष्ट्रपति मनाङगाग्वालाई लक्षित विस्फोट : दुई मन्त्रीसहित १० घाईते

(असार १०, एजेन्सी) । राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको विस्फोटमा परि १० जना घाइते भएका छन् ।

विस्फोटमा राष्ट्रपति मनाङगाग्वालाई कुनै मानविय चोट लागेको छैन । विस्फोट पछि राष्ट्रपति मनाङगाग्वाले घटनालाई आफ्नो ज्यान लिने प्रयासका गरेको बताए । उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्। विस्फोटन लगत्तै सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मनाङगाग्वाले आक्रमणलाई कायरतापूर्ण कदम भन्दै त्यसबाट चुनाव नरोकिने बताएका छन् । आफूविरुद्ध विगतमा पनि हमलाहरू गरिएको भन्दै नझुक्ने प्रतिक्रिया दिए। त्यस्तै विपक्षी पार्टीहरूले पनि उक्त विस्फोटनको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा