राष्ट्रपति मनाङगाग्वालाई लक्षित विस्फोट : दुई मन्त्रीसहित १० घाईते

(असार १०, एजेन्सी) । राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको विस्फोटमा परि १० जना घाइते भएका छन् ।

विस्फोटमा राष्ट्रपति मनाङगाग्वालाई कुनै मानविय चोट लागेको छैन । विस्फोट पछि राष्ट्रपति मनाङगाग्वाले घटनालाई आफ्नो ज्यान लिने प्रयासका गरेको बताए । उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्। विस्फोटन लगत्तै सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मनाङगाग्वाले आक्रमणलाई कायरतापूर्ण कदम भन्दै त्यसबाट चुनाव नरोकिने बताएका छन् । आफूविरुद्ध विगतमा पनि हमलाहरू गरिएको भन्दै नझुक्ने प्रतिक्रिया दिए। त्यस्तै विपक्षी पार्टीहरूले पनि उक्त विस्फोटनको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका