तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

(असार ९, एजेन्सी) । तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन् ।

अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरु समेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । युद्धविरामको अवधि सकिएपछि आक्रमक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन् ।

लडाकूहरूले कान्दाहार प्रान्तको स्पीन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिनुभयो ।

अपहरणमा परेका ४३ जना मध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार समेत रहेका छन् । उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहरित भएको पुष्टी गरेको समाचारमा जनाइएको छ ।
तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका