नेपाल बैंकर्स संघले गर्यो निर्णय : बचतमा ७, निक्षेपमा १०.५ प्रतिशत

(असार ७, काठमाडौं) । नेपाल बैंकर्स संघले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गर्दै बचत खातामा ७ प्रतिशत र संस्थागत निक्षेपमा साढे साढे १० प्रतिशतसम्म मात्र व्याज दिन पाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाइन्थ्यो ।

सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशत ब्याज दिन पाइनेछ । अहिले १२.२२ प्रतिशतसम्म दिने गरिएको छ । ब्याजदरमा बैंकहरुले १२ प्रतिशतमाथि गएर ऋण उठाउन थाले, जसले गर्दा बैंकहरुले दिने कर्जाको ब्याजदर २० प्रतिशतको हाराहारी पुग्न थालेको थियो । संस्थागत निक्षेपकर्तालाई समेत १४ प्रतिशतसम्म ब्याज प्रदान गर्ने गरिएको छ ।

बैकर्स संघका अनुसार अहिलेको अवस्थामा यसरी नै ब्याजदर बढ्दै गयो भने अर्थतन्त्र ध्वस्त हुने भएकाले यस्तो निर्णय गरेको र यसलाई पालना नगरे कडा कारवाही हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ