नेपाल बैंकर्स संघले गर्यो निर्णय : बचतमा ७, निक्षेपमा १०.५ प्रतिशत

(असार ७, काठमाडौं) । नेपाल बैंकर्स संघले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गर्दै बचत खातामा ७ प्रतिशत र संस्थागत निक्षेपमा साढे साढे १० प्रतिशतसम्म मात्र व्याज दिन पाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाइन्थ्यो ।

सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशत ब्याज दिन पाइनेछ । अहिले १२.२२ प्रतिशतसम्म दिने गरिएको छ । ब्याजदरमा बैंकहरुले १२ प्रतिशतमाथि गएर ऋण उठाउन थाले, जसले गर्दा बैंकहरुले दिने कर्जाको ब्याजदर २० प्रतिशतको हाराहारी पुग्न थालेको थियो । संस्थागत निक्षेपकर्तालाई समेत १४ प्रतिशतसम्म ब्याज प्रदान गर्ने गरिएको छ ।

बैकर्स संघका अनुसार अहिलेको अवस्थामा यसरी नै ब्याजदर बढ्दै गयो भने अर्थतन्त्र ध्वस्त हुने भएकाले यस्तो निर्णय गरेको र यसलाई पालना नगरे कडा कारवाही हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको