टियुको चरम लापरवाही : परिक्षा फारमको म्याद समाप्त गरी सूचना जारी (सूचनासहित)

(असार ६, काठमाडौं) । शैक्षिक क्षेत्रको नेतृत्व दायी संस्थाको रुपमा रहेको त्रिभुवन विश्व विद्यालयले चरम लापरवाही गर्ने क्रममा परिक्षा फारम भर्ने सूचना म्याद समाप्त भए पछि जारी गरेको छ ।

टियुले स्नाकोत्तर प्रथम सेमेस्टरको परिक्षा फारम भर्ने सूचनामा दुई दिन अघि प्रकाशित गरी असार १० गते सम्म २००, १३ गतेसम्म ५०० र १५ गतेसम्म डवलदस्तुरमा फारम भर्न सकिने भनि प्रकाशित गरेको छ । जुन दुई दिन अघि प्रकाशित गरेको सूचना हो । सूचना प्रकाशित हुनु भन्दा अघि नै म्याद समाप्त भईसकेको छ । सूचनाको माथिल्लो भागमा भनिएको छ कि असार मासान्तसम्म भर्न पाउने भनि तर त्यसैको मुनी नोटमा दस्तुर तोकेको छ ।

यसवाट आम नेपालमा स्नाकोत्तर प्रथम सेमेस्टरमा अध्ययन गर्ने लाखौ विद्यार्थीहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,