निर्देशक अधिकारीको ‘नालापानी’को छायांकन उपरदाङ गढीमा

(असार ५, काठमाडौँ) । रिमेश अधिकारीको निर्देशनमा रहेको फिल्म ‘नालापानी’को छायांकन चितवनको उपरदाङ गढीमा गरिएको छ ।

 सन् १९६० को दशकको सुरुसम्म उपरदाङ गढीमा चितवनको सदरमुकाम रहेको बताइन्छ । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ। एक सातासम्म यहाँ छायांकन गरिएको निर्देशक अधिकारीले बताए ।

समुद्री सतहदेखि एक हजार दुई सय ७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे चौबीसे राज्य एकीकरणका बेला अंग्रेज फौजविरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ ।

अधिकारीका अनुसार नालापानीको छायांकन उपरदाङ गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकाले यही स्थानमा छायांकन गरिएको हो ।र्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथबिना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए । उनले भने ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रति कृतज्ञ छौं ‘।

 उक्त फिल्म ‘नालापानी’मा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता विष्ट, प्रनिश शाक्य, महावीर विश्वकर्मा, सुषमा भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्