विश्वकप: जापानविरुद्ध कोलम्बिया

 (असार ५, एजेन्सी) । विश्वकप फुटबलअन्तर्गत आज हुने खेलमा कोलम्बिया र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा हुनेछ । ६ पटक विश्वकप खेलेको जापानले सन् २००२ र २००६ मा अन्तिम १६ को यात्रा गरेको छ ।

दुई टोलीबीच चार वर्षअघि पनि विश्वकपको समूह चरणमै भेट भएको थियो । जहाँ, कोलम्बिया ४–१ ले हाबी रह्यो । कोलम्बियामा जेम्स रोड्रिग्वेज जुआन कुआडार्डो र राडामेल फाल्काओजस्ता आक्रमक  खेलाडी छन् । डिफेन्समा डेभिनसन सान्चेजको प्रदर्शन तारिफयोग्य छ ।

जापानको टोलीमा जर्मन क्लबबाट खेल्ने कागावा एक्लो खेलाडी होइनन् । अन्तिम २३ मा परेका खेलाडीमध्ये ७ खेलाडी जर्मन लिग खेल्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव