सरकारले युद्धविराम लम्ब्याउन गरेको आग्रह विद्रोहीले अस्वीकार

(असार ४, एजेन्सी) । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन अस्वीकार गरेको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका थिए । उनले सो समय बढाएर मङ्गलबारसम्म पुर्याएका थिए । सम्वोधन मार्फतनै उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेको भएता पनि तालिवानले सो आग्रह अस्वीकार गरेको जनाइएको छ ।

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् ।

त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले युद्धविरामको स्वागत गर्दै तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा